सिंगटी हाइड्रोले साढे ४३ करोडको आईपीओ जारी गर्ने

सिंगटी हाइड्रोले साढे ४३ करोडको आईपीओ जारी गर्ने


बैकिङ्ग समाचार ।

सिंगटी हाइड्रो इनर्जीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीको फागुन ३० गते हुने १० औं वार्षिक साधारण सभाले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको साधारण सभा कुण्डलीनी दरबार व्यांकेट, चन्डोल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता प्राथमीक शेयर ९आईपीओ० निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन गरिसकेको छ । हाइड्रोले जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ।

आईपीओपछि कम्पनीमा पुँजीको संस्थापक र सर्वसाधारणको पुँजी संरचना ७०ः३० हुनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रो इनर्जीको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ।

हाइड्रोपावरले आईपीओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

सिंगटी हाइड्रोपावरले दोलखाको सिंगटी खोलामा २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । आयोजनामा लाग्ने कुुल लगानी चार अर्ब ३३ करोडमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्।

त्यस्तै, कम्पनीको साधारण सभा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७५र७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।