काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.८३ अंकले घटेरसँगै सिन्धु विकास बैंकका लगानीकर्ताले सार्वधिक गुमाएका छन्। आज सो कम्पनीले ९.९७ प्रतिशतका दरले गुमाएका हुन् । यससँगै सो कम्पनीको प्रतिकित्ता शेयर मूल्य ७९ अंकले घटेर प्रतिकित्ता ७५५ रुपैयाँमा झरेको छ ।
त्यस्तै, भूगोल डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ७.७९ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, क्रमशः भुजुङ हाइड्रोपावरले ७.३९ प्रतिशत, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ४.६९ प्रतिशत, खानीखोला हाइड्रोपावरले ४.५० प्रतिशतका दरले गुमाएका छन्।
यससँगै आज सबैभन्दा बढी रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीकका लगानीकर्ता कमाएका छन्। यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिज शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।



About Us
प्रतिक्रिया