काठमाडौं – यस वर्षको पहिलो कारोबारको दिन बुधबार बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३.२७ अंकले बढेर बजार २८ सय ६६ दशमलव ८७ को बिन्दुमा बन्द भएको छ।
आज ३४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५८ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेशनलन हाइड्रोपावरको ५७ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी आज सबैभन्दा बढी रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले कमाएका छन्। आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.६१ प्रतिशतका दरले गुमाएका छन्। यसदिन १३ वटै परिसूचक हरियाली देखिएको छ। आज होटल एण्ड टुरिजम समूहको ३.१६ प्रतिशत, हाइड्रोपावर समूहको २.१४ प्रतिशत, त्यस्तै विकास बैंक समूहको १.५३ प्रतिशत र वाणिज्य समूहको १३० प्रतिशतले शेयर मूल्य बढेको छ।



About Us
प्रतिक्रिया