काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ४७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका
नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि १८ हजार ८०० कित्ता शेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले दोस्रो चरणमा बाँकीको ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारण शेयरधनीहरुका लागि निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ९४ हजार कित्ताका लागि आज बैकिङ्ग समयभित्रआवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया