सातामा नेप्सेः १४ सय ३४ अंकमा, ११ अर्ब २० करोड ५४ लाखको कारोबार

सातामा नेप्सेः १४ सय ३४ अंकमा, ११ अर्ब २० करोड ५४ लाखको कारोबार


बैकिङ्ग समाचार । 

शेयरबजारमा यस साता इतिहासमै सबैभन्दा बढी रकमको कारोबार भएको छ । बिहिबार मात्रै २३ हजार ९ सय कारोबारमा २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

यस साताको समीक्षा गर्दा नेप्से १४ सय ३४ दसमलव ५७ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि तीन सय दसमलव ४४ अंकमा पुगेको छ ।यस साता एक सय ७८ कम्पनीहरुको एक लाख तीन हजार पाँच सय दुई वटा कारोवारमा दुई करोड ५३ लाख ३३ हजार पाँच सय ५९ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ११ अर्ब २० करोड ५४ लाख ६४ हजार चार सय ७४ रुपैयाँ पुगेको छ । 

गत साता भने नेप्सेमा एक सय ७५ कम्पनीहरुको ७० हजार नौ सय २४ वटा कारोवारमा एक करोड ६६ लाख १४ हजार पाँच सय ८८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ६९ करोड ८३ लाख २९ हजार एक सय ३६ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन खुल्ला रहेकोमा पाँचै दिन बढेको थियो । 

सो मध्ये पहिलो दिन नेप्से १९ दसमलव ३९ अंकले बढेर १३ सय ६३ दसमलव ९७ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५८ अंकले बढेर दुई सय ८५ दसमलव ८२ अंकमा पुगेको थियो ।

दोस्रो दिन पनि नेप्से ३४ दसमलव २६ अंकले बढेर १३ सय ९८ दसमलव २४ अंकमा पुग्दा सेन्सिटिभ आठ दसमलव चार अंकले बढेर दुई सय ९३ दसमलव ८६ अंकमा पुगेको थियो । तेस्रो दिन पनि नेप्से एक दसमलव ७७ अंकले बढेर १४ सय दसमलव एक अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव नौ अंकले बढेर दुई सय ९४ दसमलव ९५ अंकमा पुगेको थियो ।

चौंथो दिन पनि नेप्से चार दसमलव पाँच दसमलव २४ अंकले बढेर १४ सय पाँच दसमलव २५ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ९९ अंकले बढेर दुई सय ९५ दसमलव ९४ अंकमा पुगेको  थियो । पाँचौ दिन भने नेप्से २९ दसमलव ३२ अंकले बढेर १४ सय ३४ दसमलव ५७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि चार दसमलव पाँच अंकले बढेर तीन सय दसमलव ४४ अंकमा पुगेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेकाछन भने सेयर कारोबार भएको संख्याको आधारमा पनि यिनै कम्पनीहरुको बर्चश्व रहेको छ ।

बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंक, लगायतका कम्पनीहरुको परेकाछन् । सुचीकरण तर्फ भने यो मल्टीपर्पोस फाईनान्सको १८ लाख २५ हजार छ सय ४३ कित्ता हकप्रद सेयर सुचीकृत भएका छन् ।