सानिमा बैंकको अगुवाईमा धुलिखेलमा पाँचतारे होटल खोलिने 

सानिमा बैंकको अगुवाईमा धुलिखेलमा पाँचतारे होटल खोलिने 


बैकिङ्ग समाचार
सानिमा बैंकको विशेष अगुवाईमा धुलिखेलमा पाँचतारे होटल तथा रिसोर्ट स्थापना हुने भएको छ । दुसित थानी हिमालयन रिसोर्ट एन्ड स्पा स्थापनाको लगानीका लागि सहवित्तीयकरण अन्तर्गत सानिमाको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक समेतको सहभागीतामा बुधबार ऋण सम्झौता भएको हो । 

उक्त परियोजनाको अनुमानित लागत एक अर्ब २७ करोड रुपैयाँ रहेको छ । परियोजनाको ओमस्टोन एशिया क्यापिटल नेपाल ९ओएसीएनपिएल०ले रिसोर्ट व्यवस्थापन र संचालनको लागि दुसित इन्टरनेशनलसँग सहकार्य गर्नेछ । दुसित इन्टरनेशनल थाइल्याण्डको हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्रान्ड हो ।

विगत ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको दुसितको हाल १८ वटा देशहरुमा २९ वटा होटल तथा रिसोर्ट संचालनमा छन् ।