चेपे खोला आयोजनामा एनएमबि बैंकको १ अर्ब बढी लगानी

चेपे खोला आयोजनामा एनएमबि बैंकको १ अर्ब बढी लगानी


बैकिङ्ग समाचार । 

एनएमबि बैंकले चेपे खोला साना जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । बैंकले आशुतोष इनर्जीद्वारा  प्रवार्द्वित लम्जुङ्गको दुधपोखरी गाउँपालिका तथा गोरखाको अजिरकोट गाउँपालिकामा स्थित ८.६३ मेगावाटको उक्त आयोजनामा लगानी गर्ने भएको हो । 

उक्त आयोजनाको कुल लागत १ अर्ब ५० पचास करोड रुपयाँ रहेकोमा बैकले एक अर्ब बाह्र करोड पचास लाख लगानी गर्ने भएको हो । यससँगै एनएमबि बैंकको कुल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी हुनेछ ।  

 आयोजनाले व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०७८ फाल्गुण ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । उक्त विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग स्थित किर्तिपुर सब स्टेशनमा जोडिने छ ।