सिटिजन्स बैंकले एकसाथ चारवटा स्थानमा शाखा 

सिटिजन्स बैंकले एकसाथ चारवटा स्थानमा शाखा 


बैंकिङ्ग समाचार । 
सिटिजन्स बैंकले एकसाथ चारवटा स्थानमा आफ्ना शाखा विस्तार गरेको छ । बैंकले मोरंगको कन्चनबारी, पोखराको हस्पिटल चोक, कैलालीको अत्तरिया  र सुखडमा शाखा विस्तार गरेको हो । 

बैंकले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आईरहेको छ ।