भरूवा बन्दुकसहित दुई जना पक्राउ


मकवानपुर– मकवानपुरबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५५ वर्षीय कुमार रायमाझी र २७ वर्षीय बिक्रम रायमाझी रहेका छन्।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरुलाई एकनाले भरूवा बन्दुक १ थान र फलामका छर्राहरुसहित पक्राउ गरेको हो।

प्रहरीले कुमारको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।