कामना सेवाद्वारा व्यावसायिक यातायात र अटो रिक्सा धितो कर्जामा ब्याज छुट

कामना सेवाद्वारा व्यावसायिक यातायात र अटो रिक्सा धितो कर्जामा ब्याज छुट


बैकिङ्ग समाचार।
कामना सेवा विकास बैकबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकलाई राहत दिने उद्देश्यले ब्याजमा भारी बैंकले छुट दिँदै आएको छ ।

बैंकले यातायात व्यवसायीहरुलाई साउन महिनाको ब्याजमा ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशत छुट दिई कोभिड-१९ बाट प्रभावित व्यवसायीहरुलाई सहुलियत प्रदान गरिसकेको छ ।

यो योजनामा यातायात व्यवसायीहरुले गर्नुभएको अपेक्षालाई मध्यनजर गर्दै ग्रहकको मागलाई सम्बोधन गरी राहत प्रदान गर्ने उद्देश्यले बैंकले पुनः भाद्र महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको छ । बैंकले स्वरोजगारको लागि अटो रिक्सा लिएका न्यून आयका भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ ।

साथै यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता चुक्ता भुक्तान गरेमा भाद्र महिनाका पाकेको ब्याजमा ३० प्रतिशतले छुट दिने योजना ल्याएकोछ । साथै आफ्नो सम्पूण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी यस त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने समेत बैंकले जनाएको छ ।
यो योजनाले यातायात व्यवसायी र न्यून आय भएका अटो रिक्सा व्यवसायीहरुले अधिकतम लाभ प्राप्त गरी व्यवसाय सञ्चालनमा थप सहजता हुने समेत बैंकले विश्वास लिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत् ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, सी–आश्वा, अनलाइन बैंकिङ लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।