प्राइम लाईफ इन्स्योरेन्सको आम्दानी १ अर्ब २४ करोड

प्राइम लाईफ इन्स्योरेन्सको आम्दानी १ अर्ब २४ करोड


बैंकिङ समाचार । प्राइम लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को दोस्रो त्रैमासिकसम्ममा १ अर्ब ५९ करोड बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड बीमा शुल्क आर्जन गरेको छ । यो विगतको तुलनामा आर्जन २४ प्रतिशतले बढेको हो।

त्यस्तै खुद बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ५८ करोड पुगेको छ। कम्पनीको जीवन बीमा कोषमा १० अर्ब १३ करोड छ भने महा विपत्ती कोषमा १२ करोड ८९ लाख रहेको छ ।

कम्पनीको पुस मसान्तसम्मको खुद नाफा १५ करोड ६० लाख छ। गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ०५ लाख कमाएको थियो । प्राइम लाइफको नाफा समीक्षा अवधिको तुलनामा ७२ प्रतिशतले बढेको छ।

त्यसैगरी लगानी, कर्जा तथा अन्यबाट ४३ कारोड ५८ लाख र वीमालेख धितो कर्जाबाट ४ करोड ९३ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३० करोड ३७ लाख खुद दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन वापत १६ करोड ५७ लाख र व्यवस्थापन खर्च २५ कोरोड ०३ लाख गरेको छ । त्यसैगरी भुक्तानी हुन बाँकी दाबी रकम १ करोड ६० लाख रहको छ भने भुक्तानी हुन बाँकी दाबी संख्या ४६ रहेको छ ।

कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ३ लाख ३० हजार ०३९ रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब रहेको छ भने जगेडा कोषमा १ अर्ब ४ करोड रहेको छ।  कम्पनीको प्रति शेयर आम्दानी १५.५४ रुपैयाँ  र नेटवर्थ १५४।४६ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात २६.७० गुणा रहेको छ ।