प्रभु बैंकको ४१ लाख २६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

प्रभु बैंकको ४१ लाख २६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत


बैंकिङ्ग समाचार ।

प्रभु बैंकको ४१ लाख २६ हजार २०६.१३ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण भएर कारोबारका लागि नेप्सेमा सूचीकृत भएको छ ।

प्रभु बैंकले बिहीबार उक्त परिमाणको शेयर नेप्सेमा सूचीकृत गराएको हो। यो सँगै अब बैंकमा संस्थापक शेयरधनीको हिस्सा ५१ प्रतिशत तथा सर्वसाधारणको हिस्सा ४९ प्रतिशत कायम भएको छ । यस अघि बैंकमा संस्थापकको ५५ तथा सर्वसाधारणको शेयर हिस्सा ४५ प्रतिशत थियो ।

प्रभु बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैंया छ । यो चुक्ता पूँजीका आधारमा हेर्दा प्रभुले संस्थापकको हिस्सा ४ प्रतिशतले घटाएको हो ।संस्थापक शेयरधनीका 

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाका संस्थापक शेयरधनीले कम्तिमा ५१ प्रतिशत शेयर राख्नुपर्ने व्यवस्था छ । अब प्रभु बैंकले संस्थापक शेयरलाई साधारण रुपान्तरण गर्न पाउने छैन् ।