शेयर बजारमा उछाल, हालसम्मकै उच्च कारोबार 

शेयर बजारमा उछाल, हालसम्मकै उच्च कारोबार 


बैंकिङ्ग समाचार । 

यस साता बढ्दो क्रममा रहेको शेयरबजार बिहीबार झण्डै ३० अंकले उकालो लागेको छ । आज नेप्सेमा एकैदिन २ अब ७८ करोड बढीको शेयर किनबेच भई हालसम्मकै उच्च कारोबार भएको छ । 

नेप्सेमा यति ठूलो परिमाणमा भएको कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि २०७३ साउन ११ गते २ अर्ब ७५ करोड बराबरको शेयर किनबेच भएको थियो ।

बजार खुलेदेखि नै तिब्र रुपमा बढेको नेप्से २९.३२ अंक बढेर १४३४.५७ विन्दुमा उक्लिएको छ । १८० कम्पनीको कारोबार भएको बजारमा ५८ लाख २९ हजार ५१० कित्ता शेयर २ अर्ब ७८ करोड ५० लाख बराबरमा किनबेच भएको छ । 

कारोबारमा आएका सबै समूहको सूचक बढेपछि नेप्से उकालो लागेको हो भने कारोबार रकममा समेत सुधार आएको हो।

सबैभन्दा धेरै शिवम सिमेन्टको १७ करोड बढीको शेयर किनबेच भएको बजारमा हिमालयन डिष्टलरी र नेपाल लाइफको पनि १२ करोड बढीको कारोबार भएको छ ।

यसदिन एकदर्जन कम्पनीको शेयर मूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । 

बोटलर्स नेपाल तराई, फस्र्टमाइक्रो, एनएमबि माइक्रो,कालिका माइक्रो, मेरो माइक्रो तथा स्वालम्ब माइक्रो लगायतको शेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ ।