कालिका माइक्रोक्रेडिटको सेयर मूल्यमा उछाल, किन्नेको चाप बढ्यो, बेच्ने भेटिएनन् 

कालिका माइक्रोक्रेडिटको सेयर मूल्यमा उछाल, किन्नेको चाप बढ्यो, बेच्ने भेटिएनन् 


बैंकिङ्ग समाचार ।

बिहीबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उछाल आएको छ ।

कारोबार खुलेको केही समयमै संस्थाको सेयर मूल्य ९.९५ प्रतिशतले उकालो लागेको हो । 

बजार खुल्दा संस्थाको सेयर मूल्य प्रतिकित्ता ८४४ रुपैयाँ रहेको थियो । कारोबार खुलेको करिब ३० मिनेटमै कम्पनीको सेयर मूल्य ८४ रुपैयाँले बढेर प्रतिकित्ता ९२८ रुपैयाँ पुगेको छ । 

सो अवधिसम्म कम्पनीको सेयर किन्ने क्रेताको चाप बढेको छ । लगानीकर्ताहरु संस्थाको कूल ९० हजार ८३३ कित्ता सेयर किन्न इच्छुक रहेको देखिन्छ । तर सेयर बेच्ने बिक्रेता भने कोही ेदेखिएका छैनन् ।