काठमाडौं – वैश्विक स्मार्ट डिभाइस ब्रान्ड होनोरले २९ डिसेम्बर २०२५ मा सिटी सेन्टरको दोस्रो तलामा आफ्नो पहिलो एक्सक्लुसिभ होनोर अनुभव शोरूमको सॉफ्ट उद्घाटन गरेको छ। यो शोरूम उद्घाटन होनोरको नेपालमा बढ्दो उपस्थितिको महत्त्वपूर्ण कदम हो।
यहाँ ग्राहकहरूले ब्राण्डका नयाँ स्मार्टफोन, एक्सेसरी र स्मार्ट डिभाइसहरू प्रत्यक्ष अनुभव गर्न सक्नेछन् साथै, विशेष स्टोर अफरहरूको फाइदा लिन सक्नेछन्। आधुनिक र इन्टरएक्टिभ डिजाइन भएको शोरूममा आगन्तुकहरूले होनोरकाे उत्पादनहरू अन्वेषण गर्न, मुख्य फिचरहरू बुझ्न र तालिमप्राप्त पेशेवरहरूबाट व्यक्तिगत सहयोग प्राप्त गर्न सक्नेछन्।
सॉफ्ट उद्घाटन कार्यक्रममा हाेनाेर टिमका सदस्यहरू, साझेदारहरू र शुभेच्छुकहरूले सहभागिता जनाए र नेपालमा सॉफ्ट उद्घाटन कार्यक्रममा हाेनाेरटिमका सदस्यहरू, साझेदारहरू र शुभेच्छुकहरूले सहभागिता जनाए र नेपालमा हाेनाेरको नयाँ अध्यायको शुभारम्भको उत्सव मनाए। यो अनुभव क्षेत्र हाेनाेरको नवप्रवर्तन, गुणस्तर र भरपर्दो बिक्रीपछिको सेवामा प्रतिविद्धताको प्रतिबिम्ब हो।
नयाँ अध्यायको शुभारम्भको उत्सव मनाए। यो अनुभव क्षेत्र हाेनाेरको नवप्रवर्तन, गुणस्तर र भरपर्दो बिक्रीपछिको सेवामा प्रतिवृद्धताको प्रतिबिम्ब हो। सो अवसरमा बोल्दै हाेनाेर नेपाल टिमले काठमाडौंमा विशेष ब्राण्ड स्पेस ल्याएकोमा आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘सिटी सेन्टर शोरूम प्रविधि प्रेमीहरूका लागि प्रिमियम तर पहुँचयोग्य स्मार्ट डिभाइसहरूको केन्द्रको रूपमा काम गर्नेछ।’
हाेनाेरले ग्राहक र फ्यानहरूलाई नयाँ शोरूम भ्रमण गर्न र ब्रान्डका नयाँ उत्पादनहरूको अनुभव लिन आमन्त्रित गरेको छ। भव्य उद्घाटन र आगामी ग्राहक-केन्द्रित गतिविधिहरू चाँडै घोषणा गरिनेछ।



About Us
प्रतिक्रिया