अपर तामाकोशीका शेयधनीहरुलाई कम्पनीको यस्तो आग्रह

अपर तामाकोशीका शेयधनीहरुलाई कम्पनीको यस्तो आग्रह


बैंकिङ्ग समाचार ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले संचयकर्ता, कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारी तथा नेपाल विद्युत प्राविधिकरणका कर्मचारीहरुलाई डिम्याट खाता खोली सेयर अभौतिकरण गर्न अुनरोध गरेको छ । 

कम्पनीले पहिलो चरणमा भौतिक रुपमा वितरण गरेको २ करोड ५४ लाख १६ हजार कित्ता डिम्याट खातामा पठाउन लागेकाले उक्त सेयर भएकाहरुलाई डिम्याट गर्न आग्रह गरेको हो। 

हितग्राही खाता नभएका सेयरधनीहरुले सनराइजको क्यापिटल लिमिटेडमा तथा सनराइज बैंकको शाखामा गएर डिम्याट खाता खोली सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणलाई जारी गरेको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सूचिकृत गरी डिम्याट खातामा पठाइसकेको छ ।