महालक्ष्मी इन्स्योरेन्सकाा ग्राहकलाई टेस्ला डाइग्नोष्टिक क्लिनिकमा छुटै छुट 

महालक्ष्मी इन्स्योरेन्सकाा ग्राहकलाई टेस्ला डाइग्नोष्टिक क्लिनिकमा छुटै छुट 


बैंकिङ्ग समाचार । 

महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिक क्लिनिकबीच सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

 सम्झौता अनुरुप ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने छन् । 

यसबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास कम्पनीले लिएको छ ।