भगवान कोइरालाको अस्पताल बनाउन बैंक अफ काठमान्डूले गर्यो १ करोड सहयोग

भगवान कोइरालाको अस्पताल बनाउन बैंक अफ काठमान्डूले गर्यो १ करोड सहयोग


बैंकिङ्ग समाचार । 

बैंक अफ काठमाण्डूले अस्पताल बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न सहयोग गरेको हो । 

कार्यक्रमाका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालले उक्त रकम बराबरको चेक हस्पिटलका संस्थापक एवं अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई हस्तान्तरण गरे ।

बैंकले हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।