दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग


काठमाडौं – दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले २० लाख सहयोग गरेको हो ।

सो सहयोग रकम बराबरको चेक कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संजय जोशीले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।