एभरेष्ट बैंकले महिला उद्यमीलाई कर्जा दिने

एभरेष्ट बैंकले महिला उद्यमीलाई कर्जा दिने


बैंकिङ्ग समाचार ।

एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच कर्जा प्रदान गर्ने सम्झौता भएको छ । बैंक र हेफरबीच कृषी व्यवसायमा संलग्न महिला उद्यमीहरुलाई सहुलियत कर्जा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तिय पहुँच पुर्याउन प्रयास हुनेछ । 

सम्झौतामा एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका छन् ।