इन्जिनियरिङ अध्ययनका लागि नयाँ शूल्क निर्धारण, प्रवेश परीक्षा कार्तिक १४ मा हुने

इन्जिनियरिङ अध्ययनका लागि नयाँ शूल्क निर्धारण, प्रवेश परीक्षा कार्तिक १४ मा हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको नयाँ शुल्क तोकेको छ । नयाँ शुल्क चार लाख ९० हजार रुपैयाँ कायम गरिएको आईओईले जनाएको छ । बढेको शुल्कअनुसार अब यी दुई विषयको चारवर्षे स्नातकको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ पुर्याइएको हो । यसअघिको पूर्ण शुल्क तीन लाख १८ हजार रुपैयाँ थियो ।

\"\"

शुल्कको टुंगो लागेसँगै यी दुई बीईको प्रवेश परीक्षा कात्तिक १५ गते हुने भएको छ । यसअघि, आईओईले बढाएर सात लाख ७७ हजार ४२० रुपैयाँ  पुर्यायाउने निर्णय गरेसँगै शुल्क विवाद चर्किएको थियो । शुल्क विवादकै कारण आईओईले भदौ १९ र असोज २२ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रवेश परीक्षा दुईपटक स्थगित गरेको थियो ।

यो पनि