चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

सरकारले चाडपर्वका लागि देशैभरी सुपथ मूल्यका पसल आजदेखि सञ्चालन गर्ने भएको छ । सरकारले दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गर्ने सुपथ मूल्यका पसल मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ ।

खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएको छ ।