निक्षेपकर्ताको चार करोड बढी रकम हिनामिना गरेर फरार चौलागाई पक्राउ

निक्षेपकर्ताको चार करोड बढी रकम हिनामिना गरेर फरार चौलागाई पक्राउ

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

देउराली बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । 

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निक्षेपकर्ताहरूको पैसा हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो । उनी निक्षेपकर्ताहरूको चार करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेका थिए ।

३९ वर्षीय चौलागाईं चौरी देउराली गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन देखाउँदै आएको देउराली सहकारीबारे सीआईबीले अनुसन्धान गरेको हो ।

बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम नदिएपछि प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिएसञ्चालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत उठाएर नदिएको बचतकर्ताको आरोप छ ।

सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि सहकारीलाई कर्जा सूचना केन्द्रले पनि कालो सूचीमा राखेको थियो ।