एमसीसी नेपालको विकासका लागि महत्वपूर्ण रहेको अर्थमन्त्री डा. महतको भनाई 

एमसीसी नेपालको विकासका लागि महत्वपूर्ण रहेको अर्थमन्त्री डा. महतको भनाई 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसीसी परियोजना नेपालको विकासका लागि महत्वपूर्ण परियोजना रहेको बताएका छन् ।

मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको शुभारम्भ उत्सवमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

‘यो आयोजनामार्फत् विद्युत आयात निर्यातका लागि ट्रान्समिसन लाइन निर्माण र प्रविधियुक्त सडक निर्माण हुनेछ । उनले भनेका छन् । विशेषतः विद्युत व्यापारका लागि ट्रान्समिसन लाइन हाम्रा लागि महत्वपूर्ण छ । यो विभिन्न मन्त्रालयसँग जोडिएको छ । मन्त्रीहरु बोर्ड सदस्य हुनुहुन्छ, उनहरुले पनि यसलाई गम्भीरताका साथ लिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’

एमसीसी अमेरिकी सरकारले सञ्चालन गरेको अनुदानको आयोजना मात्र नभएर लगानीको हिसाबले पनि नेपाल सरकारको पनि ठूलो योगदान रहने मन्त्री डा. महतले स्पष्ट पारे । यो परियोजना कार्यान्वयनमा आउने अवरोधको समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।

संसदबाट अनुमोदन हुनुभन्दा अगाडि पनि अर्थसचिवको अध्यक्षतामा बनेको बोर्डले काम र संसदबाट अनुमोदन भएपछि मात्र यसले गति लिएको मन्त्री डा. महतले बताए । 

पाँच वर्षमा यो आयोजना पूरा गर्नुपर्ने चुनौति रहेको मन्त्री महतको भनाइ थियो ।