इन्भेष्टमेन्ट मेगा बैंकका हाकिमको  ‘टर्चर’ थेग्न नसकेपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुखद्वारा आत्महत्या, सुसाइड नोट समेत फेला

इन्भेष्टमेन्ट मेगा बैंकका हाकिमको  ‘टर्चर’ थेग्न नसकेपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुखद्वारा आत्महत्या, सुसाइड नोट समेत फेला


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरूले चर्को दबाबसहित मानसिक तनाव दिए पछि आत्महत्या गरेका छन् । तत्कालीन मेगा बैंकका हेटौँडा शाखाका प्रमुख निराजन देवकोटाले सोमबार साँझ वर्षेभेल आइरहेको धादिङको त्रिशूली नदिमा हामफालेर आत्महत्या गरेका हुन् । 

मेगा बैंक हेटौँडा शाखाबाट प्रवाहित कर्जाको विषयमा इन्भेस्टमेन्ट बैंक केन्द्रीय कार्यालयबाट अनुसन्धानका नाममा हाकिमले पटक-पटक दिइएको ‘टर्चर’ थेग्न नसकेपछि देवकोटाले चौथोपटक स्पष्टीकरण दिएर फर्किने क्रममा त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ। प्रहरीले देवकोटाको खोजी गरिरहेको बताएको छ। यद्यपि उनको शव भेटिएको छैन ।

निराजन देवकोटाले सोमबार साँझ धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसीस्थित नयाँ पुल नजिकै मोटरसाइकल रोकेर जुत्ता समेत खोलेर त्रिशूली नदिमा हाम फालेको र मंगलबार दिनभर खोज्दा पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

धादिङ प्रहरी प्रमुख गौतम मिश्रका अनुसार सोमबार साँझै नै माछा मार्ने एक व्यक्तिले हाम फालेको देखेर प्रहरीलाई खवर गरेको र प्रहरी पुग्दा बा.प्र ०३–००५ प ४१७६ नम्बरको मोटरसाइकल र जुत्ता फेला परेको बताए । मंगलबार दिनभर खोजी गर्दा उनको शव नभेटिएको प्रहरीको भनाई छ ।

स्रोतका अनुसार नदिमा हाम फालेका देवकोटाले सुसाइट नोट समेत लेखेको र सो सुसाइट नोटमा नेपाल इन्भेष्टमेन्ट बैंकका सिईओसहितका व्यक्तिहरूको गाली गलौज र दबाब मुख्य कारण खुलाएको बताएको छ ।  यद्यपि सुसाइट नोटबारे पुष्टि हुन बाँकी छ ।

जागिर छोडिसकेको व्यक्तिलाई बैंकले नै बोलाएर काठमाडौं आएका र फर्कदा घटना भएकोले बैंकका उच्च व्यवस्थापकमाथि आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने सम्भावना समेत देखिएको छ ।