विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक

विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउदै राष्ट्र बैंक

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले  विकास ऋणपत्रमार्फत  १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो । 

बैंकले असोज १९ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्र असोज १८ गते बोलकबोलमार्फत बिक्री गरिनेछ ।

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।

यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८८ असोज १९ गते परिपक्व हुनेछ ।
यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. ८ अर्ब ५० करोड र रु. १ अर्ब ५० करोड छुट्याइएको छ ।