विदेशी मुद्राको विनिमय दर: युरोको भाउ १३९ रूपैयाँ हुँदा अमेरिकन डलरको कति ?

विदेशी मुद्राको विनिमय दर: युरोको भाउ १३९ रूपैयाँ हुँदा अमेरिकन डलरको कति ?


बैंकिङ्ग समाचार, काठमाडौं। 

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा तथा युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसामा खरिदबिक्री हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७ रुपैयाँ र बिक्री दर ८४.८ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रुपैयाँ २३ पैसामा कारोबार हुनेछ । 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७६ पैसा र बिक्री दर ९ रूपैयाँ ८१ पैसामा कारोबार गर्ने अनुमति पाएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५  रुपैयाँ कायम भएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४४ पैसा तथा विक्रीदर ४३१.३८ पैसामा कारोबार गर्न सकिने छ ।