१७.५६ अंकले घटेर बन्द भयो नेप्से,एक अर्ब १९ करोड बढीको कारोबार 

१७.५६ अंकले घटेर बन्द भयो नेप्से,एक अर्ब १९ करोड बढीको कारोबार 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७.५६ अंकले घटेर एक हजार ९ सय ५८ दशमलब ७२ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से ५.१९ अंकले बढेर १ हजार ९ सय ७६ दशमलव २९ बिन्दुमा पुगी बन्द भएको थियो ।       

त्यस्तै, आज एक अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा समता घरेलु लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रो लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ७ प्रतिशतले बढेको छ ।   

आज सामुदायिक लघुवित्त वित्तीय संस्था र सिद्धार्थ इनभेष्टमेन्ट ग्रोथ स्किम–२ का  लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ५ करोड ५९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।