चाडपर्वमा डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको आग्रह

चाडपर्वमा डिजिटल वित्तीय सेवा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको आग्रह


बैंकिङ्ग समाचार,काठमाडौं ।

नेपाल राष्ट्र बैंकले चाडपर्वमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट जस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्न सुझाव दिएको छ । बैंकले डिजिटल भुक्तानीका साधनहरुको प्रयोग गर्दा आफैं उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सिधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने सुझाब दिएको हो ।

बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेर मात्र कारोबार गर्न बैंकले भनेको छ ।

\"\"