नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


बैंकिङ्ग समाचार, काठमाडौं। 

आर्थिक वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्व बैंकको प्रक्षेपण छ । मंगलबार सार्वजनिक भएको नेपाल विकास अपडेट  निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापनाु ले आव २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । यसअघि आव २०२३ मा विश्व बैंकले १.९ प्रतिशतको वृद्धि अनुमान गरेको थियो ।

विश्व बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ (सन् २०२४) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो  । आयातमाथिको प्रतिबन्ध हटाएपछि र मौद्रिक नीतिको ‘सपोर्ट’ले औद्योगिक र सेवा क्षेत्रको विकासमा सहयोग पुग्ने विश्व बैंकको आकलन छ ।

यस्तै, आर्थिक वर्ष २०८१/०८२ ९सन् २०२५०मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो नेपाल विकास अपडेट २०२३ मा चालु आवमा सबैभन्दा बढी सेवा क्षेत्रको वृद्धिदर ५।१ प्रतिशत हुने उल्लेख छ । वास्तविकतर्फ उद्योग क्षेत्रको वृद्धिदर ३.२ र कृषि क्षेत्रको २.१ प्रतिशत वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।व्यापार घाटा जीडीपीको ३०.१ प्रतिशत हुने विश्व बैंकले जनाएको छ । नेपाल सरकारले चालु आव २०८०/८१ मा आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत राखेको छ ।

दक्षिण एसियामा भारत एक नम्बरमा

विश्व बैंकका अनुसार यो वर्ष दक्षिण एसियामा ५.६ प्रतिशतको आर्थिक वृद्धिदर रहनेछ । यसमध्ये सबैभन्दा बढी आर्थिक वृद्धिदर हुनेमा ६. ३ प्रतिशतसहित भारत रहने विश्व बैंकले जनाएको छ । यस्तै, बंगलादेशको आर्थिक वृद्धिदर ५.६ प्रतिशत, माल्दिभ्सको ५.२, भुटानको ४, नेपालको ३.९ र दक्षिण एसियामा सबैभन्दा कम श्रीलंका र पाकिस्तानको १.७ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।

\"\"