सरकारले सन्तोषजनक काम नगर्ने २० ठेकेदार कम्पनीलाई राख्यो कालोसूचीमा

सरकारले सन्तोषजनक काम नगर्ने २० ठेकेदार कम्पनीलाई राख्यो कालोसूचीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।

सरकारले सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई राख्यो कालोसूचीमा राखेको छ।  सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो। कार्यालयले आज सूचना जारी गर्दै कालो सूचीमा परेका २० कम्पनीको नाम सार्वजनिक गरेको छ। विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। 

तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

यी हुन् कालो सूचीमा परेका २० कम्पनी

\"\"