स्लाइसमा भेटियो अखाद्य बस्तु, उत्पादक वरुण बेभरेजलाई महानगरले तिरायो २ लाख जरिवाना 

स्लाइसमा भेटियो अखाद्य बस्तु, उत्पादक वरुण बेभरेजलाई महानगरले तिरायो २ लाख जरिवाना 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

काठमाडौं महानगरपालिकाले स्लाइसमा अखाद्य बस्तु फेला पारेपछी वरुण बेभरेजलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

बजार अनुगमनका क्रममा उक्त कम्पनीमार्फत बजारमा वितरण हुने कोल्ड ड्रिंक स्लाईसमा महानगरपालिकाले अखाद्य वस्तु फेला पारेपछी उक्त कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना तिराइको हो ।

महानगरले उक्त कम्पनीलाई अखाद्य वस्तु बजारमा जानु पूर्व फिर्ता लैजाने व्यवस्था गर्ने, प्याकिंग, पछि रासायनिक, भौतिक दुवै रुपमा गुणस्तर कायम गर्ने र यसपटक बजारमा गएका गुणस्तरहित उत्पादन भएको भएमा पुनः परिक्षण गर्ने निर्देशन दिँदै सो कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।