स्रोत नखुलेको दश लाख नगद सहित एक भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको दश लाख नगद सहित एक भारतीय नागरिक पक्राउ


बैंकिङ्ग समाचार, काठमाडौं ।

स्रोत नखुलेको दश लाख नगद सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला जित्ना थाना स्थायी घर भई  ४० वर्षीय  रूपेश कुमार गुप्ता रहेको जिल्ला  प्रहरी परिसर टेकुका सूचना अधिकारी कुमोध ढुंगेल जानकारी दिए ।

ढुंगेलका अनुसार काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं २७ ज्याठा स्थित सडक खण्डमा आकस्मिक चेकप्वाइन्ट राखि बिभिन्न सवारीसाधन समेतको चेकजाँज गर्ने क्रममा फेला परेको हो । ज्याठा चोकबाट सञ्चयकोष तर्फ शंकास्पद अवस्थामा आइरहेको बा ९१ प ९९५८ नम्बर रातो कालो अप्रिला  कम्पनीको स्कुटरलाई रोकी चेक जाँच गर्दा उक्त स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको कालो रङ्गको छालाको जस्तो देखिने झोला भित्र श्रोत नखुलेको नेपाली रुपैयाँ नगद दश लाख फेला परेको बताए । 

नेपाली एकहजार दरको प्रतिबण्डल १०० वटा भएको ५ बण्डल र नेपाली नै ५०० दरको प्रतिबण्डल १०० वटा भएको १० बण्डल रहेको छ । थप अनुसन्धान एवं कारवाहीको लागि  राजश्व अनुसन्धान विभाग हरिहर भवन पुलचोक, ललितपुरमा पठाइएको छ।

 

\"\"