१८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

१८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

राष्ट्र बैंकले १८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ  ।

२८, ९१ र १८२ दिन अवधिका लागि ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । 

भोली (मंगलबार) जारी हुने ट्रेजरी बिलका लागि आज मध्यान्न ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिन अविधका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो कात्तिक १४ गते परिपक्व हुनेछ ।

९१ दिन अवधिका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो पुस १७ गते परिपक्व हुनेछ । १८२ दिन अवधिका लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने भएको छ । यो चैत २० गते परिपक्व हुनेछ ।