एक करोड बराबरको रक्त चन्दन जस्तो देखिने रातो काठ सहित आठ जना  पक्राउ

एक करोड बराबरको रक्त चन्दन जस्तो देखिने रातो काठ सहित आठ जना  पक्राउ


बैंकिङ्ग समाचार, काठमाडौं । 

एक करोड त्रिसठ्ठी लाख बराबरको रक्त चन्दन जस्तो देखिने रातो काठ सहित आठ जनालाई कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला कपिलवस्तु बुद्धभूमि नगरपालिका १ पत्थरकोट स्थितमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बैंकिङ्ग समाचारलाई जानकारी दिए । 

\"\"

थापाको अनुसार ‘कमान्डमा खटिएको प्रहरी टोलीले अर्घाखाँचीबाट कपिलवस्तु तर्फ आँउदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रकमा रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रक्त चन्दन जस्तो देखिने रातो काठ भेटिएको छ,’ उनले भने ‘६ सय १६ किलो  ९ सय ७० ग्राम  र ट्रक सँगै आई रहेको लु २ च १६३९ नम्बरको बलेरो पिकअपको पछाडिको ढालामा लुकाई छिपाई राखेको सोही प्रकृतिको ३६ किलो १८ ग्राम गरी जम्मा ६५३ किलो ग्राम १५० ग्रामको रक्त चन्दन जस्तो देखिने रातो काठ एक करोड त्रिसठ्ठी लाख बराबरको रक्त चन्दन जस्तो देखिने रातो काठ सहित आठ जना ब्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ,’ उनले भने ।

\"\"

थप अनुसन्धानको लागी आठ जना मानिस, सवारी साधन र काठ सहित  डिभिजन बन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको उनले बताए।

 

\"\"