दोलखाबाट थप चार केजी सुन बरामद

दोलखाबाट थप चार केजी सुन बरामद

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

दोलखामा प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१, लामाबगरबाट उक्त सुन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार चार केजी सुन बरामद गरेको हो।

लामाबगर नाका हुँदै भित्रिएको सात किलो सुन र त्यसमा संलग्न व्यक्तिहरू पक्राउ गरी सार्वजनिक गरेको प्रहरीले आज (आइतबार) पुनः प्रहरीले चार किलो सुन बरामद गरेको हो ।

फरार रहेका अन्दाजी २७ वर्षीय अशोक मगरको घर नजिकै रहेको ठुलो ढुङ्गामाथि झारले छोपेर राखेको अवस्थामा थप चार केजी सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 
सुन तस्करीको आरोपमा हालसम्म एकै गाउँका सात जना पक्राउ परेका छन् भने अहिलेसम्म ११ केजी सुन बरामद भएको छ ।

चीनले केही समयका लागि खोलेको दोलखाका लामा बगर क्षेत्रको नाका हुँदै सुन तस्करी बढेपछि यो क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ । फरार अभियुक्तको खोजीमा समेत प्रहरी सक्रिय बनेको छ ।