सुन तस्करीका विषयमा छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन 

सुन तस्करीका विषयमा छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

सुन तस्करीका विषयमा छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन भएको छ ।

सिंहदरबारमा आइतवार  बसेको मन्त्रिपरिषद्‌को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग बनाउने निर्णय गरेको हो । 

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलपछि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको हो।

समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव,  गृह मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका एक पूर्वडिआइजी रहने वनमन्त्री वीरेन्द्र महतोले जानकारी दिए।