प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन सार्वजनिक,नेपालमा सबैभन्दा धेरै लगानी भारतको

प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन सार्वजनिक,नेपालमा सबैभन्दा धेरै लगानी भारतको

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार.काठमाडौं । 

नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८÷७९ सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले बुधबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । 

प्रतिवेदन अनुसार नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । प्रतिवेदनले भारतबाट ८८ अर्ब ५९ करोड लगानी रहेको देखाएको छ । त्यस्तै,चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

औद्योगिक क्षेत्रमा ६२.६ र सेवा क्षेत्रमा ३७.३ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३२.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी छ। कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड पुगेको छ । प्रतिवेदन अनुसार वैदेशिक लगानीमा सञ्चालित कम्पनीको नाफा दर १४.३ प्रतिशत छ ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये २३१ वटा नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरण विश्लेषणका आधारमा राष्ट्र बैंकले प्रतिवेदन तयार गरेको हो ।