सुन आयातको कोटा दोब्बरले बढ्यो, प्रतिदिन २० किलो ल्याउन पाइने

सुन आयातको कोटा दोब्बरले बढ्यो, प्रतिदिन २० किलो ल्याउन पाइने

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा दोब्बरले बताएको छ ।

वाणिज्य बैंकहरुलाई दैनिक १० किलो मात्रै सुन आयातको अनुमति दिँदै आएको राष्ट्र बैंकले बुधबार सूचना जारी गरी २० किलो पुर्याएको जानकारी दिएको हो ।

बुधबार केन्द्रीय बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

सोही व्यवस्थामा केन्द्रीय बैंकले दैनिक सुन आयातको कोटा अनुसार एक महिनामा आयातित सुनको कोटा अनुसार अपुग भए अर्को महिना थप ल्याउन नपाइने तर सोही महिनाको एक दिनको अपुग परिणाम अर्को दिन थप ल्याउन पाउने व्यवस्था समेत गरेको छ ।

हाल राष्ट्र बैंकको अधीनमा रहेर वाणिज्य बैंकहरुले मात्र सुन आयात गरिरहेका छन् ।

यद्यपि यसअघि नै दैनिक सुन आयातको कोटा दैनिक २० केजी रहेपनि घट्दो रेमिटेन्स र बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै केन्द्रीय बैंकले फागुन, २०७८ मा सुन आयातको कोटामा ५० प्रतिशतले कटौती गर्दै १० किलोमा झारेको थियो । तर, पछिल्लो समय विदेशी मुद्राको सञ्चितिसँगै सुनको मागमा वृद्धि भएकाले कोटा वृद्धि गरिएको केन्द्रीय बैंकले जनाएको छ ।