संयुक्त राष्ट्र संघमा जागिर लगाइदिने प्रलोभनमा पारेर १ करोड १५ लाख बढी ठगी गर्ने एक महिला पक्राउ 

संयुक्त राष्ट्र संघमा जागिर लगाइदिने प्रलोभनमा पारेर १ करोड १५ लाख बढी ठगी गर्ने एक महिला पक्राउ 

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

संयुक्त राष्ट्र संघमा जागिर लगाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । 

पक्राउने पर्नेमा ३२ वर्षीया सुरुची भुजेल रहेकी छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

उनले पोखरा महानगरपालिकाका ४२ वर्षे विनोद श्रेष्ठसँग मिलेर भुजेलले ३० जनाबाट १ करोड १५ लाख ९९ हजार रुपैयाँ बराबरको ठगी गरेकी थिइन् ।

टर्कीमा गएको भूकम्प पश्चात पुनः निर्माणको लागि युएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाइ उनीहरुबाट भुजेलद्वयले उक्त रकम उठाएका थिए ।

विदेश पठाइदिने भन्दै पैसा असुल गरिसक्दासमेत नपठाएपछि उनीहरु विरुद्ध वैदेशिक रोजगार विभाग ताहाचलमा जाहेरी परेको थियो ।

पीडित र्सिजन कुमार श्रेष्ठ सहितको जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भुजेललाई पोखराबाटै पक्राउ गरेको हो ।

बिनोद भने फरार छन् । भुजेललाई काठमाडौं जिल्ला अदालत बबरमहलबाट दिन सात दिनको म्याद लिइ ठगी सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।