दसैँ लक्षित नयाँ नयाँ नोट साट्ने सुविधा, प्रतिव्यक्ति १८ हजार ५ सयसम्म साट्न पाइने

 दसैँ लक्षित नयाँ नयाँ नोट साट्ने सुविधा, प्रतिव्यक्ति १८ हजार ५ सयसम्म साट्न पाइने


बैंकिङ्ग समाचार, काठमाडौं ।

दसैँ, तिहार र छठका लागि राष्ट्र  बैंकले हरेक वर्ष नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । यस वर्षका लागी नयाँ नोट वितरणका लागी हालसम्म मिति तय भएको छैन तथापि यो वर्षका लागि नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरूबाट विवरण सङ्कलन भइरहेको छ ।

\"\"

नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । विवरण सङ्कलन भइसकेपछि वितरणको काम सुरु हुने छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । 

अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरूलाई भने उनीहरूको माग र ग्राहकको सङ्ख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी रहेको बैंक स्रोतको भनाई छ ।