कुकुरको आहारा बेचेर नेपालले एक महिनामा कमायो  आधा अर्ब , कुन देशमा कति  ‘डग च्यु’ निर्यात  ?

कुकुरको आहारा बेचेर नेपालले एक महिनामा कमायो  आधा अर्ब , कुन देशमा कति  ‘डग च्यु’ निर्यात  ?


बैंकिङ्ग समाचार, काठमाडौं ।

 नेपालले एक महिनामा मात्रै आधा अर्ब बढिको कुकरलाई खुवाइने आहार निर्यात गरेको छ । चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा मात्रै नेपालले ५४ करोड ९८ लाख रुपैयाँको ‘डग च्यु’ अर्थात कुकुरको आहारा निर्यात गरेको हो । अघिल्लो महिना असारमा मात्रै नेपालबाट ३७ करोड ४४ लाख ६२ हजार रुपैयाँको ‘डग च्यु’ निर्यात भएको थियो ।

\"\"

कुन देशमा कति  ‘डग च्यु’ निर्यात  ?

त्यस्तै, नेपालले क्यानडालाई ४ करोड २० लाख ७६ हजार, युके ८२ लाख १० हजार, हङकङ ३५ लाख ८९ हजार, कोरीया ४५ लाख ७३ हजार, ताईवान ३७ लाख २१ हजार, चीन ३ लाख ६७ हजार, नेदरल्याण्ड्स २० लाख ८२ हजार, मलेसीया १२ लाख १३ हजार, सिंगापूर १३ लाख ३२ हजार, फिलिपिन्समा ११ लाख, दुबई ९ लाख ७३ हजार, जापान ९ लाख थाइल्याण्ड ४ लाख ४६ हजार, न्युजल्याण्ड १ लाख ६३ हजा, फ्रान्सलाई १ लाख ९५ हजार र इटालीलाई ४० हजार रुपैयाँको ‘डग च्यु’ छुर्पी निर्यात गरेको छ ।

\"\"

‘डग च्यु’ नामक कुकुर/बिरोलोको आहाराका रुपमा प्रयोग गरीने छुर्पी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा तथा पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन गरिन्छ ।

‘डग च्यु’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पी हो । जसको प्रयोग पश्च्मिा मुलुकहरुमा कुकुर र बिरालोको आहारका रुपमा गरिन्छ । नेपालको अहिले यसको निर्यात बढ्दै गइरहेको छ । जहाँ गत आर्थिक वर्ष २०७९÷०८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँको निर्यात भएको थियो । भने, अहिले दुई चालू आर्थिक वर्षमा झन बढ्दै गएको देखिन्छ ।

\"\"

भदौमा मात्रै नेपालबाट २ लाख ७३ हजार ४९७ केजी ‘डग च्यु’ निर्यात भएको हो । जसबापत नेपालले ५४ करोड ९८ लाख ८२ हजार रुपैयाँ भित्र्याएको छ । एक महिनामा नेपालबाट सबैभन्दा बढि ४७ करोड ८९ लाख ३ हजार रुपैयाँको कुकुरले मन पराउने आहारा ‘डग च्यु’ निर्यात भएको छ ।

\"\"