आयात र निर्यात दुवै घट्यो, वैदेशिक व्यापार घाटा २ खर्ब ३३ अर्ब बढी

आयात र निर्यात दुवै घट्यो, वैदेशिक व्यापार घाटा २ खर्ब ३३ अर्ब बढी

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं ।

चालू आर्थिक वर्ष २०८०÷८१ को दोस्रो महिना अर्थात भदौमा नेपालले दुई खर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ । 

आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार चालू आर्थिक वर्षको भदौ महिनामा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रुपैयाँ व्यापार घाटा भएको छ । जबकि गत आर्थिक वर्षको सोहि अवधिमा भने, २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ व्यापार घाटा रहेको थियो ।

भन्सार विभागले आईतबार सार्वजनिक गरेको दुई महिनाको तथ्यांक अनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा ५ प्रतिशतले कमी आएको हो ।

नेपालले अघिल्लो वर्ष २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । अघिल्लो महिनाको तुलनामा भदौ महिनामा १ खर्ब ३० अर्ब भन्दा बढीले आयातमा कमी आएको हो । गत साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ हाराहारीमा आयात भएको थियो ।
त्यस्तै, चालु आवको दुई महिनामा निर्यात पनि ७.७९ प्रतिशत घटेको छ । अघिल्लो आवको भदौ महिनासम्ममा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको थियो । तर, चालु आवको सोही अवधिमा २ अर्ब २३ करोड ३४ लाख रुपैयाँले घटेर २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।