राष्ट्र बैंकले आज १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै

राष्ट्र बैंकले आज १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले असोज ९ गते मंगलबार जारी गर्नेगरी २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको कूल १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । 

तथापि, नयाँ नभएर पुरानो ट्रेजरीको नवीकरण गर्ने केन्द्रीय बैंकले जनाएको छ । २८ दिने ट्रेजरीका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड २५ लाख रुपैयाँ र १८२ दिनका लागि ६० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गरिने केन्द्रीय बैंकले जनाएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।  यसअघि केन्द्रीय बैंकले असोज १ गते १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।