गाईको चित्र अङ्कित मेडालियन सिक्काको बिक्री-वितरण शुरु, गभर्नर अधिकारीद्वारा सार्वजनिक

गाईको चित्र अङ्कित मेडालियन सिक्काको बिक्री-वितरण शुरु, गभर्नर अधिकारीद्वारा सार्वजनिक


बैंकिङ्ग समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेसिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेको छ । महाशाखाले आज आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित मेडालियन सिक्का को बिक्रीवितरण शुरु गरेको छ । टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सिक्का सार्वजनिक गरेका छन्।

\"\"

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री शुरु गरेको हो । १० ग्राम सिक्काको मूल्य १६ सय रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण भएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ ।

 

\"\"