अप्पर लोहोरे खोलाको आईपीओ सूचीकृत, ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत

अप्पर लोहोरे खोलाको आईपीओ सूचीकृत, ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा भोलि अर्थात सोमवार देखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू ९७ दशमलव ८७ देखि २९३ दशमलव ६१ ओपन रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि देखि कारोबारमा आउनेछ । 

कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा  रहेका नेपाली,सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूको लागि निष्कासन गरेको २४ लाख ९८ हजार ४० कित्ता र कम्पनीका  संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरेर कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथलीबाट हुने जानकारी गराएको छ । कम्पनीको स्टक सिम्बोल युएलएचसी रहेको छ । 

\"\"