कामना सेवा विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

कामना सेवा विकास बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रामशाहपथमा असोज ६ गते शनिवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

ट्राफिक प्रहरीहरुलाई बैकिङ प्रणाली, बचत तथा कर्जा कारोबार र पछिल्लो समयमा बैंकिङ प्रणालीमा आएका डिजिटल बैंकिङका सम्वन्धमा प्रस्तुतिकरण गरिएको थियो ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य, नायव प्रहरी उपरीक्षकहरु, बैंकका कर्मचारी सुमन दुवाडी तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रममा वोल्दै एसपी आचार्यले दैनिक जीवनमा बचत गनुपर्ने थाहा भएतापनी कसरी बचत गर्न सकिन्छ भन्ने विषयमा ध्यान नदिईएकोमा यस साक्षरता कार्यक्रम पश्चात आफ्नो दैनिक जिवनमा वचतको महत्व वुझेर बचत वानीको विकास गर्न ट्राफिक प्रहरीहरुलाई हौसला मिलेको बताएका छन् । 

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।