१४ किलोभन्दा बढी तौलको सिलिन्डरको उत्पादन र बजारीकरण गरे कारबाही गर्ने आयल निगमको चेतावनी

१४ किलोभन्दा बढी तौलको सिलिन्डरको उत्पादन र बजारीकरण गरे कारबाही गर्ने आयल निगमको चेतावनी

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल आयल निगमले १४.२ किलो तौलभन्दा बढी तौलको सिलिन्डरको उत्पादन र बजारीकरण गरे कारबाही गर्ने चेतावनी दिएको छ  । 

निगमले एक सूचना जारी गर्दै सूचनाविपरीत बढी तौलको ग्यासहितको सिलिन्डर उत्पादन गरी बजारीकरण गरेको पाइए एलपी ग्यास विनियावलीअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

निगमले बिहीबार जारी गरेको सूचनामा १४.२ किलोभन्दा बढी ५० किलो र ४५० किलो क्षमताको सिलिन्डरमा ग्यास भरेर बिक्री गरिरहेको भए तत्काल बन्द गर्न अनुरोध गरिएको छ ।

साथै १४.२ किलोभन्दा बढी क्षमताको सिलिन्डरको प्रयोग गर्नु गैरकानुनी भएकाले त्यस्ता सिलिन्डर प्रयोग नगर्न पनि निगमले आग्रह गरेको छ ।