कोरम नपुगेपछि अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

कोरम नपुगेपछि अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

प्रतिनिधिसभा अन्तर्गतको  अर्थसमिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजका लागि निर्धारित बैठक स्थगित गरिएको छ ।

  बैठक बस्नका लागि न्युनतम आवश्यक सांसद सङ्ख्या (कोरम) नपुग्दा २ वटा बिहान ११ बजे बोलाइएका अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक स्थगित भएका हुन् । 

अर्थ समितिमा कुल २४ जना सांसद रहेकोमा गणपूरक सङ्ख्याका लागि १३ जना सांसद हुनुपर्ने थियो, तर ११ जना सांसद मात्र बैठकमा उपस्थित थिए । थप २ जना सांसद भएमा बैठक सञ्चालन गर्न मिल्ने भएकोले झन्डै १ घण्टा बढी समय थप सांसदको प्रतीक्षा गरिएको थियो ।  
त्यस्तै,२७ जना सदस्य रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पनि २ जना सांसद नपुगेर बैठक स्थगित भएको छ । बैठक बस्न १४ जना  सांसद चाहिनेमा १२ जनामात्र आइपुगेका थिए ।

\"\"