गत वर्षको तुलनामा २५ प्रतिशतले बढ्यो काठमाडौं महानगरको राजस्व

गत वर्षको तुलनामा २५ प्रतिशतले बढ्यो काठमाडौं महानगरको राजस्व

Bhawana Awasthi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार,काठमाडौं । 

काठमाडौं महानगरपालिकाको राजस्व गत वर्षको तुलनामा २५ प्रतिशतले बढेको छ  ।

महानगरपालिकाको राजस्व विभागकाअनुसार आर्थिक वर्ष २०७९÷०८० को तुलनामा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २५.३९ प्रतिशतले धेरै राजस्व संकलन भएको हो ।

महानगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० को सुरुवाती दुई महिनामा ९३ करोड ४१ लाख ३८ हजार ६६६ रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने गत आर्थिक वर्षको तुलनामा २३ करोड ७२ लाख धेरै राजस्व संकलन भएको छ ।

चालु आवको साउन र भदौ महिनामा महानगरपालिकाले १ अर्ब १७ करोड १३ लाख ७५ अहजार ९३७ रुपैयाँ राजस्व संकलन गरेको हो । महानगरले विभिन्न शिर्षक अन्तर्गत यो रकम राजस्वका रुपमा संकलन गरेको हो ।